२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलीपोर्ट बनाउन मन्त्रालयबाट पाएको सहमतिलाई प्राधिकरणले रोक्यो



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले काभ्रेको राउत गाउँमा सिम्रिक एयरलाई हेलीपोर्ट बनाउनु हवाई नीतिविपरीत रहेको भन्दै रोक लगाएको छ ।

हेलीपोर्ट बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सैद्धान्तिक सहमतिमाथि प्राधिकरणले हवाई नीतिविपरीत रहेको भन्दै रोकिदिएको हो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ २६ गते सिम्रिक एयरलाई काभ्रेको बनेपास्थित राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्न मन्त्रीस्तरीय निर्णयबाट बाटो खुला गरेको थियो ।

तर, प्राधिकरणले गठन गरेको कार्यदलको प्रतिवेदनले त्यसलाई कार्यान्वयन गर्न सम्भव नभएको औल्याएपछि महानिर्देशक प्रदीप अधिकारीले मन्त्रालयले गरेको सैद्धान्तिक सहमतिलाई रोकिदिएका हुन् ।

‘ऐनमा कुनै पनि विमानस्थल वा हेलिपोर्ट निजी जग्गामा निर्माण गर्न दिने कुरा परिकल्पनासमेत गरिएको छैन । विमानस्थल वा हेलिपोर्ट भनेको संवेदनशील विषय हो । विश्वभर नै सरकारी जग्गामा विमानस्थल वा हेलिपोर्ट निर्माण भएर संचालनका लागि मात्रै निजी क्षेत्रलाई दिने चलन छ,’ क्यानको पत्रमा उल्लेख गरिएको छ ।