१ आश्विन २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकमा ‘फायर च्यालेन्ज’ गर्न खोज्दा यस्तो अवस्थामा पुगिन् बालिका



अ+ अ-

एजेन्सी । अमेरिकाको ओरेगनस्थित एक बालिका टिकटकमा फायर च्यालेन्जभिडियो बनाउन खोज्दा जल्न पुगेकी छन् । 

डेस्टिनी क्रेन नामकी १३ वर्षीया बालिकालाई अहिले आईसियुमा उपचाररत छिन् । उनको घाँटी र पाखुरा जलेको छ । 

उनकी आमाका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आगलागीमा परेकी हुन् ।

यो घटना १४ मेमा घटेको थियो, उनकी दिदी र साथी पनि घटनास्थलमा थिइन्  । उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।  

डेस्टिनी  एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्प्रे गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ । 

पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो ।