५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आक्षेपमा रविको काउन्टर जवाफ



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित प्रधानमन्त्री पुष्पकमल दाहालप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काउन्टर जवाफ दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति रोष प्रकट गर्दै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न खोजेको आरोप लगाउनुभएको थियो ।

त्यसको जवाफमा रास्वपा सभापति लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताउनुभयो ।

संसद्मा प्रधानमन्त्रीको भनाइ यस्तो थियो :
मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।

रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको उक्त भनाइप्रति कुनै विमति र विरोध नभएको जवाफ दिँदै भन्नुभयो :
प्रधानमन्त्रीज्यूले उपलब्धिहरू बताइरहँदा त्यसले भर्खरै नेपालका अस्पतालहरूमा, शौक्षिक संस्थाहरूमा आम नागरिकहरूले के पाइरहेका होलान् त्यसमा पनि ध्यान दिन अनुरोध गर्न चाहन्छु । यो पुस्ताले के देखेन भन्नुभयो । त्यसमा मेरो साथ र समर्थन नै छ । तर, यो पुस्ताले के देख्यो भने देशका संरचनाहरू ननासिकन, हत्याहिंसा, अंगभंग नभइकन, मानिसहरु नहराइकन, शान्तिपूर्ण ढंगले परिवर्तन हुने कुरा पनि देख्यो भन्ने कुरा थपिदिन आग्रह गर्छु ।




भर्खरै