७ श्रावण २०८३, बिहीबार
,
Latest
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक रासायनिक मलको अभाव हटायौँ– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको बताउनुभएको छ ।

बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौँ, यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौँ ।”

उहाँका अनुसार यो आर्थिक वर्षमा ७८।५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको छ ।

आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।