२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाईल्यान्डले १२ ओभरमा आठ विकेट गुमायो



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपअन्तर्गत अहिले नेपाल र थाईल्यान्ड भिड्दैछन् । नेपालले जितको लागि दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्डले १२.३ ओभर खेल्दा ८ विकेट गुमाएर ४४ रन बनाएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए। उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ३ चौकासहित ४० रन बनाए भने नरेन भट्ट ५५ रनमा नटआउट रहे ।

यस्तै, सन्तोष यादव ४२ रनमा आउट हुँदा आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रन बनाए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । यस्तै, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिँदा जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए ।