२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ठाकुर र महतो, सरकारमा जाने तयारी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍बालुवाटार पुगेका छन्। सरकारमा सहभागी हुने विषय प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री ओली, नेता ठाकुर र महतोबिच छलफल भइरहेको छ । 

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल भइरहेको बताए । उनका अनुसार जसपाले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेको छ ।  

यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ।