१ आश्विन २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ जिल्लामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप



अ+ अ-

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
    
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौँ सूचना जारी गर्दै  जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गर्नु भएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।