२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासका न्यायाधीश अदालत परिसरमै छलफलमा



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा दुइ जना न्यायाधीशले हेर्न नमिल्ने भन्दै निष्ठाको प्रश्न बारम्बार उठेपछि संवैधानिक इजलासका न्यायाधीशहरू सर्वोच्च अदालत परिसरमै छलफलमा जुटेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि शुक्रबार र आइतबार पटक-पटक नैतिकताको प्रश्न उठाएका थिए । 

न्यायाधीश श्रेष्ठ र केसी इजलासमै रहे भने न्याय सम्पादनमा क्षति पुग्ने भन्दै रिट निवेदक पक्षका अधिवक्ताहरूले आपत्ति जनाएपछि सर्वोच्चसामु नैतिक प्रश्न सम्बोधन गर्नुपर्ने चुनौती छ ।  सोमबार अपराह्न चार बजेसम्म न्यायाधीशहरूको निर्णय आइसक्ने सर्वोच्च जनाएको छ । 

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले यति गम्भीर प्रश्न उठेपछि उहाँहरूले इजलासमा नैतिकताका हिसाबले पनि बस्न नमिल्ने बताएका हुन् । उनले थपे, 'उहाँहरू (श्रेष्ठ र केसी) इजलासमा बसेपछि बहस गर्ने कि नगर्ने निर्णय गरेका छैनौँ । यति गम्भीर प्रश्न उठेपछि उहाँहरूले इजलासमा नैतिकताका हिसाबले पनि बस्न मिल्दैन । छाड्नुहुन्छ भन्ने विश्वास छ ।'