७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ

अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका वर्ष २७ का हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा परी घुँडा भन्दा तल गोली लागि उपचारको क्रममा रहेको र निजसँग सोधपुछ गर्दा भारतको बिहर राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र निजलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जे७ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको २ वटा सुटकेस चेकजाँच गर्दा सुटकेस भित्र लागुऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताउनु भयो ।

उहाँले असार ३० गतेललतिपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौध्रीलाई लागुऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपाकिला १६ बाट चन्द्रागिरी नगरपालिका ८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागुऔषध कोकिन ३ जिएम ७ सय एमजि सहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक रिपब्लिक देशका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको बताउनु भयो ।

उहाँले असार ६ गते नेपाल प्रहरीले कामनपा १६ स्थित एक होटलबाट इटालियन नागरिक वर्ष ३४ का डेभिडमिनाडिओलाई अवैध लागुऔषध चरेस ६ ग्रामसहित पक्राउ गरीथप अनुसन्धानको सिलसिलामा कामनपा २६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो, ७ सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको बताउनु भयो । त्यस्तै प्रहरीले असार ७ गते कामनपा २६ बाट धादिङ रुबीभ्याली २ का वर्ष ४२ का दावा तामाङ र सोही स्थान वडा ४ का वर्ष ३३ का नरबहादुर तामाङलाई लागुऔषध २ ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरिएको जनाएको छ । असार ७ गते नै ३:३५ बजेको इण्डियन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हूँदै ओमानको मट जान लागेका जिल्ला झापा भद्रपुर नगरपालिका ४ का वर्ष २५ का सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजाको ४ केजी ७५० ग्राम फेला पारी पक्राउ गरेको जनाएको छ ।

बरामद लागुऔषधको अवध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको बताउनु भयो ।