६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा को बढि राष्ट्रवादी र राष्ट्रघातीको प्रवृत्ति बढ्दै जानु भिडन्तको संकेत–दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले देशमा राष्ट्रवादी र राष्ट्रघातीको प्रवृत्ति बढ्दै जानु भिडन्तको संकेत भएको आशंका जनाएका छन् ।

उनले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदय भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने बताउदै उनले भनेका छन्, ‘नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो । हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो । अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !’

उनले राष्ट्रवादी बिनासकारी प्रतिस्पर्धा बाट बाहिर आएर ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मात्र मुलुकको भलो हुने अपेक्षा व्यक्त गरे । ‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्नेछौं । यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ’, दीपकले लेखेका छन्,’समय छंदै यो बिनासकारी प्रतिस्पर्धा बाट बाहिर आएर एकले अर्को को बिचारको सम्मान गर्दै दलिए र ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको बिद्यामान समस्याहरू बिरूद्द जीत हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यहि शैलिमा अघि बढे ।’