२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी, हर्क साम्पाङ सहभागी हुने



अ+ अ-

काठमाडौँ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको र सो प्रदर्शनीमा चलचित्रकर्मीसँगै धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) सहभागी हुने जानकारी दिए । नेपालका स्थानीय प्रतिनिधि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता यो पहिलो हुनेछ ।

निर्माता तथा निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएका छन् । “गोर्खालीको गौरव प्रस्तुत गर्ने चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुने र आफ्नो अभियानलाई साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको प्रमुख राईले राखे । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा उपस्थितिबारे उहाँ जिज्ञासुसमेत हुनुभयोे”, निर्देशक चाम्सले भने ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई विशेष प्रदर्शनीमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको जानकारी दिए ।

“गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ”, निर्देशक चाम्सले भने । उनले चाम्सले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।