२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपोनेको एकल इजलासमा भएको बहसका क्रममा उनीहरुले ठगी कार्यमा रिजालको संलग्नता नभएको दाबी गरेका छन्।

अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई भेटेको स्वीकार गरे पनि ठगीमा रिजालको संलग्नता नभएको जिकिर गर्नुभयो । उहाँले भन्न्ुभयो, “मेरो पक्षले नेताहरुलाई पटकपटक भेटेको साँचो हो, त्यो भेटघाट भुटानी शरणार्थी समस्या समाधानका लागि हो।” रिजालसँग सिंहदरबारभित्र पस्ने हैसियत समेत नभएको भन्दै सुवालले भन्नुभयो, “उहाँले कसरी किर्ते कागजात बनाउनु ?” नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा उठाउनेहरुले रिजालको नाम मुछेको उहाँको जिकिर थियो ।

सुवालले गृहमन्त्रालयमा पेश भएको शरणार्थीसम्बन्धी प्रतिवेदनमा प्रश्न उठाउँदै भन्नुभयो, “दुवै प्रतिवेदनमा कार्यदलका पदाधिकारीहरुको हस्ताक्षर भएपछि त्यो प्रतिवेदन कसरी किर्ते भयो ?” त्यस्तै अधिवक्ता डा राजेन्द्र घिमिरेले भुटानी नागरिकलाई तेस्रो मुलुकमा व्यवस्थापन नभई भुटान नै फिर्ती हुनुपर्छ भनेर वकालत गरेको व्यक्तिलाई सरकारले नेपालीलाई भुटानी बनाउन खोजिस् भनेर अभियोग लगाएको बताउनुभयो ।

भुटानमा रहँदा यातनाका कारण रिजालमा शारिरिक तथा मानसिक समस्या देखिएको भन्दै घिमिरेले भन्नुभयो, “उहाँमा बारम्बार होस गुमाउने र फेरि आउन समस्या देखिएको छ, यातनाका कारण उहाँमा दीर्घकालीन असर देखिएको छ ।” नेपाल सरकारले सिदा दिएर जीवनयापन गरेको मान्छेमा स्वकीय सचिव राख्ने र स्वकीय सचिवमार्फत चलखेल गर्ने हैसियत नरहेको उहाँले तर्क गर्नुभयो ।