५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौं: नेपालमा पछिल्लो समय इन्टरनेटमा आधारित भुक्तानी प्रणाली कारोबारमा व्यापक वृद्धि हुन थालेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा, यही २०८० वैशाख महिनाभित्रमा मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ७ लाख पुगेको छ । गत चैतमा यो संख्या २ करोड ४ लाख थियो । गत वर्ष बैशाखमा भने मोबाइल बैंकिङ ग्राहक एक करोड ७६ लाख थिए ।

कारोबारका दृष्टिबाट २०८० बैशाखको एक महिनाको अवधिमा करिब रु. २१ खर्ब बराबरको कारोबार भएको थियो । जबकी गत वर्ष २०७९ बैशाखमा रु. ११ खर्ब ३६ अर्ब थियो ।

यस्तै, क्युआर प्रविधिबाट हुने भुक्तानी पनि निरन्तर बढ्दै गएको छ । २०८० बैशाखमा मात्र रु. २६ अर्ब भुक्तानी भएको छ । त्यसैगरी, वालेट मार्फत बैशाखमा मात्र रु. १९ अर्ब २५ करोडको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार, २०८० बैशाख महिनासम्ममा देशभर विभिन्न वित्तीय संस्थाका ४ हजार ७१६ वटा एटिएम मेसिन रहेका, डेबिट कार्ड धारकको संख्या एक करोड १७ लाख ६० हजार, क्रेडिट कार्ड २ लाख ७४ हजार ६९०, प्रिपेड कार्ड एक लाख ३३ हजार, इन्टरनेट बैंकिङ ग्राहकको संख्या १८ लाख ३ हजार, ब्रान्चलेस बैंकिङ सेन्टर १ हजार ३५५, आरटिजिएसमा आबद्ध ४५, कनेक्ट आइपिएसका प्रयोगकर्ता १० लाख ६४ हजार, इसिसि सदस्य ५४ र आइपिएस सदस्य ११६ रहेको छ ।