१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण



अ+ अ-

सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।

“ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको छ,” ओईसीडीले भनेको छ ।

युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा ०.९ प्रतिशतबाट २०२४ मा १.५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पु¥्याउनेछ ।

सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १.६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “मुद्रास्फीति अझै नाजुक छ र जोखिमहरू नकारात्मक तर्फ झुकेका छन्, एक प्रमुख चिन्ता भनेको मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी रहन सक्छ ।”

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिस गर्दछ ।

प्रतिवेदनमा ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताउनु भएको छ, तर अर्थतन्त्रको हरित र डिजिटल रूपान्तरणलाई सुरक्षित गर्दै उत्पादकत्व बढाउन संरचनागत सुधारलाई प्राथमिकता दिन जरूरी रहेको उहाँको भनाइ छ ।