२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहाँका बाख्राहरु किन रुख चढ्छन् ?



अ+ अ-

एजेन्सी । संसार रहस्यले भरिएको छ । केही रहस्यहरु तपाइको छिमेकमा पनि भेटिन्छन् । यस्तै छ मोरक्कोका बाख्राको कथा । उनीहरुको तस्बिर हेर्दा फोटोसप गरेको देखिन्छ तर यो सत्य हो । यहाँका बाख्रा त्यसै यसरी रुख चढेका छैनन्, त्यसको पछाडि एउटा कारण छ ।

उत्तर अफ्रिकामा मोरक्को भनिने एउटा देश छ जहाँका अधिकांश क्षेत्रहरू सुक्खा र बलौटे छन् । यहाँ आउने पर्यटकहरूले प्रायः यो प्रश्न सोध्छन्, यी बाख्राहरू रुखमा कसरी चढ्छन् ? यस्ता दृश्यहरू मोरक्कोमा सामान्य छन्, जहाँ दर्जनौं बाख्राहरू रूखहरूमा चढेको पाइन्छ । रुखको टुप्पोमा चरा जस्तै बसेको पनि देखिन्छ । ठाडो, भिरालो र पहाड भएको ठाउँमा जाने बाटोमा हिँड्दा–हिँड्दा बाख्राहरू रुख चढ्न सक्ने भएका छन् ।

यहाँ ‘अर्गन’ नामक फलको रुख पाइन्छ, जसमा बाख्राहरू चढ्ने गर्छन् । यी बाख्राहरूले यसको फलको बीउ खान्छन् तर गुदीलाई पचाउन गाह्रो हुने भएकाले फाल्छन् । यसमा लुकेको बीउबाट अर्गन तेल निस्कन्छ । जुन महँगो र उपयोगी छ । जब बाख्राले बीउ खान्छ, नजिकैका गाउँलेहरूले बहुमूल्य बाख्राको दिशा (बड्क्यौला) जम्मा गरेर अर्गन तेल बनाउँछन् ।

यहाँका बासिन्दाले चाहेको भए यो फल सिधै रुखबाट टिपेर आफ्नो काम गर्न सक्थे । तर बाख्रालाई खाना पनि मिल्छ, काम पनि हुन्छ । सायद त्यही भएर गाउँले आफैँ यो फल टिप्दैनन् ।