८ मंसिर २०८१, शनिबार
,
Latest
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ‘घुस आरोपले भारतीय धनाड्य अडानी समूहलाई धक्का’ धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’ अध्यक्ष लिङदेन र राजदूत सङबीच भेटवार्ता चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा जिप दुर्घटना: मृतकको संख्या ५ पुग्यो



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।

प्रहरीले भने मृतकको संख्या र पहिचानबारे पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएको जानकारी दिनुभयो ।

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।