१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

नेप्से परिसूचक १६.४९ अंकले वृद्धि

नेप्से परिसूचक १६.४९ अंकले वृद्धि
symbolic picture
अ अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ ।

पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधवार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।

बु्धवार कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ । मंगलवारको कारोबारमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर यता फाइनान्स,जलविद्युत र मेच्यण्ड फण्ड उपसूचको भने घटेको छ ।

बुधवार नेप्से परिसूच बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, शिवम् सिमेन्ट्स,स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्सको शयेर मूल्य बढेको छ । तर यता सानिमा इक्विटी फण्डको ३.७७ प्रतिशत घटेको छ। बुधवार शिवम् सिमेन्ट्स कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।