५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारबाट बाहिरियो माओवादी



अ+ अ-

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मधेस सरकार विस्तार हुन लागेकै बेला माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

उहाँले सरकार छाड्ने कारण बताउनुभएन । सत्ता पक्षीय दलको बैठकमा मन्त्रालय टुंगिएको थिएन । मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवले अचानक सरकार विस्तार गर्न लागेपछि माओवादी केन्द्र असन्तुष्टि जनाउँदै सरकार छाड्ने निर्णय गरेको हो ।

अहिले माओवादी केन्द्रबाट मधेस प्रदेशमा सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्रले थप एक मन्त्रालय माग्दै आएको थियो ।