२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महामन्त्री राजाराम बर्तौला, भास्कर भद्रा, सुशील श्रेष्ठ तथा केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, सङ्गठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसैगरी सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकाले प्रदेश संरचना खारेज गर्नुपर्ने बारेमा पनि आजको केन्द्रीय समितिमा छलफलसमेत हुने सो पार्टीले जनाइएको छ ।

आजको बैठकमा जनवर्गीय सङ्गठन, विभाग र समितिको छ महिने कार्ययोजना पनि प्रस्तुत हुने जनाइएको छ । बैठक भोलि बुधबारसम्म चल्नेछ । रासस