२३ मंसिर २०८२, मंगलवार
,
Latest
अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन – सचेतक बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारले प्रश्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने बताउनु भयो । निति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘अहिलेको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन । देशलाई लान सक्ने, पहिल्याउन सक्ने बाटो के हो भन्नेकुरा पहिचान यो नीति तथा कार्यक्रममा छैन । यसै विषयमा उहाँले महत्वपूर्ण विषय राख्नुभएको छ । यो निति तथा कार्यक्रमलाई जस्ताको तस्तै स्वीकार गर्ने अवस्था छैन । यसलाई पुनःलेखन गरिनुपर्छ भनेका छौँ ।’