२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: रमेश लेखक



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चाल अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निस्कर्षमा पुर्‍याइने बताउनु भयो । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानून तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल शुरु हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ ।

बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका जतिपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडो भन्दा चाँडो, हामी त्यसलार्ई टुंगोमा पुर्‍याउनेछौँ । जहाँसम्म मलाई लाग्छ, हामी यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निस्कर्षमा पुर्‍याउनेछौँ ।’

प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताउनु भयो ।