१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार शुरु

भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार शुरु
अ अ+ अ-

काठमाडौँ । भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने भएको छ ।

पुर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने लागेको हो । आईतवार वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडक खण्डको शिालान्यास गर्नुभयो । कार्यक्रम बोल्दै मन्त्री दुलालले सो सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताउनु भयो ।

उहाँले यो सडक निर्माण सम्पन्न भएसँगै काभ्रे,सिन्धुपाल्चोक,रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने बताउनु भयो। उहाँले सडक निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको बताउनु भयो। उहाँले गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडक खण्डको सूचिसहित योजनावद्ध रुपले काम अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै,वागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक निर्माणको काम सम्भौता समाप्त हुने भन्दा छ महिना अगाडी नै सम्पन्न गर्न ठेक्दार कम्पनीलाई आग्रह गरीएको बताउनु भयो । उहाँले यो सडक खण्डको काम पनि नगरकोट जाने सडक खण्ड जस्तै ढिलाई नहुने विश्वास समेत व्यक्त गर्नुभयो ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक देव र सायर/ज्ञानज्योति/क्षितिज जेभीले संयुक्त रुपमा ३९ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेका हुन् । १२ मिटर चौडाईको निर्माण हुने सडक खण्डमा ठेक्दार कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटिनिङ वाल, प्लम ड्रेन लगायतका काम गर्ने छन् । सडक कालोपत्र गर्ने काम ५ किलोमिटरको मात्रै हुने आयोजनाले जनाएको छ ।

स्थानियहरुले भक्तपुरदेखि नगरकोट हुँदै सिपाघाट जोड्ने सडक निर्माणको काममा भएको ढिलाई जस्तै डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडकमा त्यस्तै हुने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले उक्त सडक समयमा नै सम्पन्न गर्नुपर्ने दबाबमा प्रदेश सरकारलाई रहेको छ । रासस