२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार शुरु



अ+ अ-

काठमाडौँ । भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने भएको छ ।

पुर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक बिस्तार हुने लागेको हो । आईतवार वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडक खण्डको शिालान्यास गर्नुभयो । कार्यक्रम बोल्दै मन्त्री दुलालले सो सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताउनु भयो ।

उहाँले यो सडक निर्माण सम्पन्न भएसँगै काभ्रे,सिन्धुपाल्चोक,रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने बताउनु भयो। उहाँले सडक निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको बताउनु भयो। उहाँले गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडक खण्डको सूचिसहित योजनावद्ध रुपले काम अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै,वागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक निर्माणको काम सम्भौता समाप्त हुने भन्दा छ महिना अगाडी नै सम्पन्न गर्न ठेक्दार कम्पनीलाई आग्रह गरीएको बताउनु भयो । उहाँले यो सडक खण्डको काम पनि नगरकोट जाने सडक खण्ड जस्तै ढिलाई नहुने विश्वास समेत व्यक्त गर्नुभयो ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक देव र सायर/ज्ञानज्योति/क्षितिज जेभीले संयुक्त रुपमा ३९ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेका हुन् । १२ मिटर चौडाईको निर्माण हुने सडक खण्डमा ठेक्दार कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटिनिङ वाल, प्लम ड्रेन लगायतका काम गर्ने छन् । सडक कालोपत्र गर्ने काम ५ किलोमिटरको मात्रै हुने आयोजनाले जनाएको छ ।

स्थानियहरुले भक्तपुरदेखि नगरकोट हुँदै सिपाघाट जोड्ने सडक निर्माणको काममा भएको ढिलाई जस्तै डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडकमा त्यस्तै हुने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले उक्त सडक समयमा नै सम्पन्न गर्नुपर्ने दबाबमा प्रदेश सरकारलाई रहेको छ । रासस