९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ: महासचिव पोखरेल



अ+ अ-

देउखुरी । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताउनुभयो ।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।”

राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उहाँको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उहाँको भनाइ छ ।