२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम: नेपालमा औसतभन्दा धेरै पानी पर्ने अनुमान



अ+ अ-

काठमाडौं । झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमै नेपाल भित्रने मौसमविद्हरूले बताएका छन्। मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने मौसमविद्हरू बताउनु भयो।

यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ। "औसतको १० प्रतिशत तलमाथि भएसम्म हामी सामान्य मनसुन भन्ने गर्छौ," जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपाललगायत यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ।

तर कुन स्थानमा कति पानी पर्ला अनि धेरै पानी थोरै समयमा पर्ला कि चार महिनासम्म फैलिएर पर्ला भन्ने जस्ता विषय महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्। "पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ। निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो। यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने गर्छ," उहाँले भन्नुभयो।

सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ। "हामीले नेपालमा मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ भन्नुपर्छ," मौसमविद् पौडेलले बताउनुभयो।

उहाँका अनुसार ३०-३० वर्षमा सरदर वर्षा अवधिका आँकडाहरू तुलना गरेर मनसुन अवधिमा हेरफेर गरिन्छ। "अहिले सन् २०२० सम्मको तीस वर्षीय अवधिको आँकडाहरू हेरेर यो नयाँ मिति तोकिएको हो।"

यसपटक मनसुनभन्दा पहिलेको प्रि-मनसुन भनिने अवधि भने सन्तोषजनक नभएको मौसमविद्हरू बताउँनु हुन्छ । जाडो याममा पनि खासै पानी नपर्नु अनि लामो समय सुख्खा रहँदा व्यापक स्तरमा डढेलो र वायु प्रदूषण फैलिएको थियो।