२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार क्षेत्रमा सरकारको नीति तथा कार्यक्रम: नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाँभ्ने



अ+ अ-

काठमाडौँ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाँभ्ने भएको छ ।

शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो ।

त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम छ । अनलाईन सेवालाई सबै वडाहरुमा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनु भयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रुपमा अघि बढाउने पनि सरकारको नीति छ ।

राष्ट्रपति पौडेलले भन्नु भयो, ‘सूचना तथा प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच वृद्धि गरिनेछ । शिक्षा, स्वास्थ्य, विकास, निर्माण र सेवा प्रवाहलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरिनेछ । ज्ञानमा आधारित अर्थतन्त्रको विकास र सुशासनका लागि सूचना प्रविधि प्रणालीको अनुसन्धान, विकास र विस्तार गरिनेछ । सार्वजनिक निकायका सूचना प्रणालीहरुको नक्शांकन गरी विद्युतीय सुशासन कायम गरिनेछ । सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधि नक्शांकन, प्रयोग, गुणस्तर निर्धारण, प्राबिधिक परीक्षण सम्बन्धि एकीकृत रुपमा संचालन गर्नेगरी व्यवस्था मिलाईनेछ । सरकारी निकायबाट सञ्चालित अनलाईन प्रणालीहरुमार्फत अन्तर समन्वय विकास गरी सेवा वृद्धि गरिनेछ । अनलाईन सेवाहरु वडा तहबाट नै उपलब्ध गराईनेछ ।

विद्युतीय प्रणालीबीच तथ्यांक आदानप्रदान गर्न डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना गरिनेछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन एवम् मर्यादित पत्रकारिताका विषयका निम्ति नीतिगत, कानुनी र संरचनागत सुधार गरिनेछ । सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रुपमा विकास गरिनेछ । सार्वजनिक सेवा प्रशारकको स्थापना गरी यसको २ आर्थिक वर्ष भित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाँभेर एकीकृत प्रशारण सेवाको आरम्भ गरिनेछ । प्रेस काउन्सिलाई सबै सञ्चार माध्यामबाट प्रकाशन तथा प्रशारण हुने विषयबस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्था सहित मिडिया काउन्सिलमा रुपान्तरण गरिनेछ ।

आम सञ्चार सम्बन्धि छाता कानुन निर्माण गरिनेछ । समानुपातिक विज्ञापन प्रणाली लागू गरिनेछ । इन्टरनेटको माध्यामबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई पनि करको दायरामा ल्याइनेछ । पत्रकार कल्याणकोषलाई एकीकृत र सबल बनाई ज्येष्ठ पत्रकार सम्मान तथा द्वन्द्व पीडित पत्रकारहरुलाई राहत तथा पत्रकार कोष तथा दूर्घटना विमाको साथै महिला पत्रकार र विभिन्न भाषाभाषीको पत्रकारलाई प्रोत्साहित गरिनेछ ।’