१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संसद् भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

संसद् भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिनुभएको छ। शुक्रबार अपराह्न राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदै हुनुहुन्छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति पौडेलबाट स्टि«क्ट्ली निर्देशन भइसकेको छ। पहिले झैँ आज राष्ट्रपतिज्यू संसद् जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेको बताइएको छ । त्यसैले संसद् भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने पौडेलले बताउनुभयो । यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिए पनि चौतर्फि विरोध भएपछि राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।