२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही दिन अझै वर्षा हुने



अ+ अ-

काठमाडौँ । अझै केही दिन वर्षाको क्रम जारी रहने भएको छ । पश्चिमी वायु, स्थानीय वायुसँगै पूर्वी वायुको चहलपहल बढेकाले वर्षाको क्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारसम्म वर्षाको घनत्व कायम रहने छ । सोमबारदेखि हल्का सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एक साताअघि विकसित वर्षाको प्रणालीका क्रममा स्थानीय वायुको विकास थप बलियो बनेकाले वर्षा लम्बिएको श्रेष्ठले जानकारी दिए । लम्बिएको वर्षाले मनसुनका लागि वातावरण बनाउँदै गएको अनुमान महाशाखाले गरेको छ ।

उनले भने, “अहिले पूर्वबाट तल्लो वायुमण्डलको मार्गबाटै जलवाष्प आइरहेको छ, यसले अब मनसुनका लागि नेपालमा वातावरण बनाइरहेको छ ।” मनसुन भित्रिनका लागि पूर्वीय वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ । गोरखापत्र




भर्खरै