१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देशको अर्थतन्त्र नाजुक बन्नुको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्छ: महासचिव पोखरेल

देशको अर्थतन्त्र नाजुक बन्नुको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्छ: महासचिव पोखरेल
अ अ+ अ-

काठमाडाँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य शक्त भएर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण। सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गर्नुभयो । उहाँले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात हो, गम्भीर अपराध हो । त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ । राजनीतिक आग्रह,पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किउन्, निर्दोष कसैलाई फसाउने काम नहोस्, यो मान्यताका आधारमा नक्कली भूटानी शरणार्थीको प्रकरणलाई टुंगो लगाउनुपर्छ ।

नक्कली आरोप लगाउन छोडौँ, कुनैपनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ । शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ, बालुवाटार लगायत अनेकौँ प्रकारका घटनाहरुको छानबिन गराँै । राजश्वका दरहरु हेरफेर गरिकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सिसिटिभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको बताउनु भयो । उहाँले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राज्शव नै उठ्न नसक्नुको कारण माग गर्नुभयो । उहाँले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहीत गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक संकट के कारणले उत्पन्न भयो, नेपाली समाजको सामथ्र्य कमजोर भएर आर्थिक संकट कमजोर भएको हो ? होइन । नेपाली समाजमा सामथ्र्य छ, तर त्यो सामथ्र्यलाई राज्य सञ्चालकहरुको गलत ढंगले प्रयोग गरेका कारणले आज मुलुक संकटमा छ, एक प्रकारले भन्नुहुन्छ भने जति बेला नेकपा एमाले सरकारमा आउँछ, हरेक पटक राजश्व वृद्धि हुन्छ । अहिले राजश्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनुपर्दैन ।

गल्ती गर्ने सत्ता गठबन्धनले, प्रचण्ड देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्‍याउने, त्यसको भारी कसलाई बोकाइदिने भन्दा पुराना पार्टी सबै असफल भए भन्ने, असफल हुन एमालेका पालामा एमालेले नगरेको हुनपर्‍यो नि ? एमालेको पालमा सदैव राजश्व वृद्धि हुने, विदेशी मुद्राको सञ्चिति सधैँ राम्रो हुने, पुँजीगत खर्च राम्रो हुने विकासले गति लिने तर आफू असफल भएपछि एमालेलाई दोष बोकाइदिने, एमाले हटाएपछि राज्यमा संकट उत्पन्न भएको छ । वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहीत गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको छ ।’

महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताउनु भयो ।