२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: प्लेअफमा सम्भावना कायम गर्न बैंगलोरलाई हैदरावादविरुद्ध जित्नैपर्ने दवाब



अ+ अ-

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपीएल)२०२३ को ६५ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दैछन् । हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

१२ खेलमा चारमा जित र आठमा हार बेहोरेको हैदरावाद ८ अंकको साथ अंक तालिकाको पुच्छरमा रहेको छ। बैंगलोर भने १२ मध्ये ६ खेलमा जित र ६ मा हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ। हैदरावाद पहिले नै प्लेअफको दौडबाट बाहिरिसकेको छ भने बैंगलोरले प्लेअफमा पुग्नका लागि आजको खेलसहित दुईटै खेल जित्नैपर्ने दवाब छ ।

हैदरावाद आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ३४ रनले पराजित हुन पुगेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको गुजरातले शुभमन गिलको शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा हैदरावाद ९ विकेट गुमाएर १५४ रनमा रोकिन पुग्यो । उक्त खेलमा हेनरिक क्लासेनले ४४ बलमा ६४ रन बनाए र एक्लो योद्धाको भूमिका खेले। हैदरावादका अन्य कुनै ब्याट्सम्यानले भने ३० रन पनि बनाउनसकेनन् ।

यस्तै, आफ्नो अघिल्लो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ११२ रनको ठूलो अन्तरले पराजित गर्दै प्लेअफको सम्भाबना कायम गरेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेकोबैंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । बैंगलोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतक बनाएका थिए । जबाफि ब्याटिङ गरेको राजस्थानले १०.३ ओभरमा अलआउट हुदै ५९ रन मात्र बनायो । जसमा बैंगलोरका वेन पार्नेलले तीन ओभरमा १० रन दिएर तीन विकेट लिए र प्लेयर अफ द म्याचको उपाधि जिते ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ– ११

आरए त्रिपाठी, अब्दुल समद, एके मार्कराम (कप्तान), अभिषेक शर्मा, एम जेनसेन, सनवीर सिंह, एच क्लासेन (विकेटकिपर), बी कुमार, टी नटराजन, फजलहक फारुकी, एम मार्कंडे ।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ– ११

विराट कोहली, एफ डु प्लेसिस (कप्तान), माइकल ब्रेसवेल, एमके लोमर, जीजे म्याक्सवेल, डब्ल्यूडी पार्नेल, दिनेश कार्तिक (विकेटकीपर), अनुज रावत, एचवी पटेल, मोहम्मद सिराज, केवी शर्मा ।