५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनभित्र वक्यौता नबुझाए कालोसूचीमा राख्ने पशुपति क्षेत्र विकास कोषको चेतावनी



file
अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कोषको स्वामित्व मातहतमा रहेका भण्डारखालस्थित पसल कवल तथा पार्किङलाई तीन दिनभित्र बाँकी बक्यौता बुझाउन सूचना जारी गरेको छ । यसअघि गत फागुन २४ र वैशाख ७ गते वक्यौता बुझाउन सूचना समेत प्रकाशित गरेकाले सोअनुसार तीन दिनभित्र वक्यौता बुझाउन सूचना जारी गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषको स्वामित्व तथा मातहतमा रहेको भण्डारखालस्थित पसल कवलहरु, अमालकोट कचहरीस्थित पसल कवलहरु, लामपोखरी चाबहिलस्थित पसल कलवहरु, सुमार्गी भवन, सुमार्गी भवन अगाडि रहेको पसल कवलहरु, सोभेनियर पसल कवलहरु, भण्डारखाल पार्किङ, उमाकुण्ड पाकिङ, वनकालीस्थित बी११ मा रहेको पार्किङ र कोषबाट सम्झौता गरी दिइएको अन्य बाँकी पसल कवल सञ्चालकलाई वक्यौता बुझाउन भनेको हो ।

पसल कवल तथा पार्किङ सञ्चालकलाई वक्यौता नतिरे कालोसूचीमा राखी सम्बन्धितको चल अचल सम्पत्ति जफत गरी कानून बमोपिजम सरकारी बाँकी सरह असुल उपर गरिने समेत कोषले चेतावनी दिएको छ ।