१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छः महालेखापरीक्षक शर्मा

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छः महालेखापरीक्षक शर्मा
अ अ+ अ-

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउनु भयो । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ । उहाँले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले जुन हामीले रणनीति अपनाइरहेका छौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, शतर्कता केन्द्रले, अथवा एउटा कुनै कार्यालयले भ्रष्टाचार नियन्त्रण गर्ने अरु सबै चाहीँ गर्नका लागि स्थापना भएका हुन् ति सबै अफिसहरु । सबै निकायहरु गर्नका लागि स्थापना भएका हुन् त ? सबै निकायहरु उत्तिकै जिम्मेवार हुनुप¥यो नि । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुप¥यो । सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु उत्तिकै जिम्मेवार हुनुपर्याे ।

अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनुप¥यो । सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने शिलशिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने शिलशिलामा धेरै यस्ता अनियमितताहरु, विकृतिहरु, बेथितिहरु, भ्रष्टाचारका कुरा भएका छन् । त्यसमा सुधार हुनुपर्छ । नागरिकको भुमिका निगरानीकै कुरा हो । खबरदारीको कुरा हो । तेस्रो कुरा नागरिकहरु आफू संलग्न हुनुभएन । भ्रष्ट गतिविधिहरु, भ्रष्ट अभ्यासहरुमा आफू संलग्न हुनुभएन । अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको अवस्था छ । नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो । खबरदारी गर्नुप¥यो । आफ्नो नजिकको स्थानीय तहमा, अथवा सरकारले गरिरहेका काम, कारबाहीको निगरानी गर्नुप¥यो । सरकारको कामको चासो राख्नुप¥यो ।’

उहाँले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताउनु भयो । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरुमा संलग्न हुनु नहुने उहाँको भनाई छ । उहाँले अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै नागरिकहरुले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिनुभयो ।