१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रविधिको क्षेत्रको बढदो प्रयोग घटदो राजस्व, यहाँको कन्ट्राडिशन के हो ?– सञ्‍चारमन्त्री

प्रविधिको क्षेत्रको बढदो प्रयोग घटदो राजस्व, यहाँको कन्ट्राडिशन के हो ?– सञ्‍चारमन्त्री
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिनु भएको छ ।

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी रहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनेगरी यसका सेवा प्रदायक संस्थाहरुलाई काम गर्न सचेत गराउनु भएको हो ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्य निर्धारण गर्न र सोही अनुसारको कार्यक्रम बनाएर अघि बढन पनि सो क्षेत्रका निकायहरु लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

मन्त्री शर्माले दूर सञ्चार क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुबीच व्यापक छलफल गरेर अघि बढनुपर्ने बताउनु भयो । उहाँले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमक निकायको रुपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराउनु भयो । मन्त्री शर्माले सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रविधिको क्षेत्रको बढदो प्रयोग, घटदो राजस्व । यहाँनिरको कन्ट्राडिशन कहाँनिरको हो ? यहाँको समस्या कहाँको हो ? यसलाई व्यापक रुपमा छलफल गरेर यसका निम्ति गर्नुपर्ने आवश्यक सहकार्य गरौं । सबैले आपसमा सहयोग गरौं । तैले गरिनस, मैले मात्रै गरेँ भन्ने कुरा पनि नराखौं । हाम्रा जति पनि सरकारी निकायहरु छौं, ती सबै निकायहरुले आ–आफ्नो काममा विशेष केन्द्रित बनौं । म फेरी पनि दोहोर्‍याएर के आग्रह गर्न चाहन्छु भने हामी जब लक्ष्य निर्धारण गर्दैनौं, त्यो लक्ष्यमा पुग्ने कार्यक्रम निर्धारण गर्दैनौं, त्यसपछि भैपरी आउने काम मात्रै गर्‍यौ भने लक्ष्यमा पुग्न कहिल्यै पनि सकिदैन ।

त्यसैले हाम्रो, मासिक, अर्धवार्षिक, वार्षिक, दुइ वार्षिक यस्ता खालको लक्ष्यहरु निर्धारण गरौं । र, त्यो लक्ष्यमा पुग्नका निम्ति आवश्यक काम, आवश्यक क्रियाकलाप, आवश्यक नीति, कानुन कसरी बनाउने भन्ने विषयमा पनि विशेष ध्यान दिऊ । त्यसमा नियामक निकाय भएको नाताले दूरसंचार प्राधिकरणसँग पनि आग्रह गर्न चाहन्छु–त्यो लक्ष्यमा पुग्न निम्ति यहाँहरुले नियमित फलो गरिदिनुस । र, सेवा प्रदायक संस्थाहरुको बीचमा स्वच्छ प्रतिस्पर्धाका लागि अघि बढाउने कोशिस गरौं । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार तयार छ भन्ने कुरा पनि राख्न चाहन्छु । हामीले सूचना प्रविधिको क्षेत्रलाई अत्यावश्यकीय क्षेत्रको रुपमा राखिएको छ । र, अहिले हामी नीति, कार्यक्रम र बजेट बनाउने पूर्वतयारी पनि छौं । त्यसकारणले यो क्षेत्रमा लगानी गर्ने कुरा, यो क्षेत्रमा लगानी बढाउने कुरा, बाह्य लगानीकर्ताहरुलाई यसमा आकर्षण गराउने कुरा हामी लाग्न सक्यौ भने यो क्षेत्रमा गरिने लगानीले घाटा हुँदैन, फाईदा नै हुन्छ । र, यो फाईदाले राज्यलाई राम्रोसँग अगाडि बढाउन सक्छौं ।’

मन्त्री शर्माले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउने काममा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपाल टेलिकमले भारत, चीनलगायतका छिमेकी मुलुकहरुबाट सिकेर पनि यस क्षेत्रको विकासमा काम गर्नुपर्ने स्पष्ट पार्नु भयो । मन्त्री शर्माले भन्नु भयो, ‘हामीले खास गरेर सस्तो र गुणस्तरीय कसरी बनाउने, यसलाई सबैको सर्वशुलभ पहुँचमा कसरी पुर्‍याउने ? भन्ने विषयलाई विशेष ध्यान दिन जरुरी छ भन्ने मलाई लाग्दछ । हाम्रो टेलिकम सेक्टरले राज्यलाई यसको रेभिन्यूमा, यो क्षेत्रको विस्तार हुँदै जाने र तर रेभिन्यू घटदै जाने हो भने ती समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष ध्यान दिन जरुरी छ ।

हामी अन्तराष्ट्रिय मार्केटमा कसरी गईराखेका छौं ? टाढा जानु पनि पर्दैन । हाम्रो छिमेकी राष्ट्रभारत, हाम्रो छिमेकी राष्ट्र चीनलगायतका देशहरुमा यो क्षेत्रमा कसरी विकास गरिरहेका छन, कसरी अगाडि बढिरहेका छन ? आउने कति वर्षमा हामीले हाम्रो रेभिन्यूको दरलाई उच्च बनाउन सक्छौं ? यसका लागि आवश्यक व्यवस्थापकीय, प्राविधिक कानुनी अडचनलाई कसरी फुकाउँछौं ? भन्ने कुरा सांगोपांगो टार्गेट फिक्स गर्नुपर्छ भन्ने मलाई लाग्दछ । एउटा सिमकार्डबाट कति आम्दानी गर्छ अन्य देशमा भन्ने कुरा र हाम्रोमा कति आम्दानी छ भन्ने कुराको विश्लेषण गर्दै अन्तराष्ट्रिय स्तरको लक्ष्य हासिल गर्नका लागि के गर्नु पर्छ ? हाम्रो नियामक निकायले कति ध्यान दिने गरेको छ । त्यसमा आन्तरिक छलफलको पनि आवश्यक्ता मैले देखेको छु ।’

सो अवसरमा मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको दोहोर्‍याउनु भयो ।