२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला न्यायिक नहुनसक्छ तर स्वीकार्नुको विकल्प छैन– रेशम चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलामा आफूप्रति न्यायिक नहुन सक्ने भए पनि फैसलालाई स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।

टीकापुर घटनामा दोषी करार भई हाल डिल्लीबजार कारागारमा रहुनभएका चौधरीले कारागारबाटै हस्तलिखित विज्ञप्ति जारी गर्दै टीकापुर घटनालाई लक्षित बनाएर गरिएको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो खुला रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु ।”

सर्वोच्च न्यायालयप्रति अझै पनि आफूलाई भरोसा रहेको छ भन्दै चौधरीले भन्नुभएको छ, “हामी अझै न्यायिक पर्खाइमा छौँ, त्यसैले सबैलाई सम्मानि सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु ।”

डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “स्वस्थ छु, रत्तिभर मन विचलित छैन, पुस्तक लेखिरहेको छु, केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु ।”

सर्वोच्च अदालतले मंगलबार टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।