२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले अबदेखि हरेक चुनाव एक्लै लड्नुपर्छ: शेखर कोइराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसले अबदेखि हुने हरेक चुनाव एक्लै लड्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रजातान्त्रिक विचार समाजको २५औँ साधारणसभामा उहाँले वर्तमान निर्वाचन पद्धतिले विकृति बढाएको बताउनुभयो । उहाँले अहिलेको निर्वाचन पद्धतिलाई परिवर्तन गरी समानुपातिक प्रणाली हटाउनुपर्ने धारणा राख्नुभयो ।

पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेको भन्दै नेता कोइरालाले नेताहरु सच्चिनुपर्ने बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कुनै पनि बहानामा चोख्याउन नहुने उहाँको भनाइ थियो ।