१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागारमा

गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागारमा
file photo
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक छोडेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुग्नुभएको छ ।

सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने फैसला गरेपछि सोही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन श्रेष्ठ बैठक छोडेर निस्किएको बताइएको छ ।

बालुवाटारमा जारी बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । प्रधानमनत्री प्रचण्डले नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन पनि पहल गरिरहनुभएको छ ।

गठबन्धनको बैठक चलिरहेको बेला नाउपा अध्यक्ष श्रेष्ठ बैठक छोडेर बाहिरिनुभएको हो । उहाँ वर्तमान सरकारमा भूमि तथा सहकारी विकासमन्त्रीसमेत हुनुहुन्छ ।