१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्यो: झलनाथ खनाल

एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्यो: झलनाथ खनाल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताउनु भयो । उहाँले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताउनु भयो । उहाँले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताउनु भयो

उहाँले भन्नुभयो, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ । राजनीतिमा हामीसँग सात संसद छन् सात वटै संसद त्रिशंकु संसद छन् । कहीँ पनि मेजोरिटी छैन। वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ । संघ र प्रदेशमा पनि हुन्छ । तर वामपन्थीह नै मिल्न चाहँदैनन् । आश्चर्यको कुरा हो । राजनीतिक अस्थिरताको दिशामा छ, देश अस्थिरताग्रस्त छ, आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दैछ । यो खतराको कुरा हो ।

अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ । आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरु आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

सम्मानित नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताउनु भयो । उहाँले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने बताउनु भयो । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नक्कली भूटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संघीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ की लगिँदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापी रुपमा चिन्ताका साथ छ, यो कुरामा दृढतापूर्वक टुंगोमा लैजानुपर्छ, यसमा देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । ती माछाहरु जोगाउने प्रयत्न हुँदैछन्, भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याइयोस्, यसमा कुनैपनि तलमाथि भयो भने हाम्रो पार्टीले सहन सक्दैन । छोटो अवधिमा नै अनुसन्धान टुंग्याउनुपर्ने भन्ने दबाब दिँदैछन् भन्ने सुन्दैछु, यो हो भने अनुसन्धानका लागि आवश्यक समय दिएर टुंगोमा लैजानुपर्छ ।’

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताउनु भयो । उहाँले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप लगाउनु भयो ।