१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छ: माधव नेपाल

एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छ: माधव नेपाल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ ।

बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाउनु भयो । उहाँले उहाँले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाउनु भयो । उहाँले पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरुभित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसो भएकाले पार्टीहरुको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ ।

एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरुलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरुको पहिचान गर्नुहोस्, त्यसका बिरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । उहाँले नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के काँग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिष्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौति हाम्रो सामु विद्यमान छ, कम्युनिष्ट पार्टीभित्र दिक्क लाग्दो अवस्था मबाट शुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।’

अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरु विद्यमान रहेको उल्लेख गर्नुभयो ।