१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन: एमाले सचेतक गिरी

मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन: एमाले सचेतक गिरी
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ ? त्यसको जानकारी दिनुपर्ने बताउनु भयो।

उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गर्नुभयो। उहाँले सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदा समेत गम्भिर हुन नसक्ने राम्रो नभएको बताउनु भयो। उहाँले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ मुलुकको व्यापार व्यवसाय चौपट स्थितिमा छ । आम नागरिक एकदमै अत्यास लाग्दो अवस्थाबाट गुज्रिएको अवस्था छ । यति बेला सरकारले के गर्दैछ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकार के गर्दैैछ । सरकारले जनतालाई आश्वस्त पार्नेगरी बाहिर केही ल्याउन सकेको छैन । ठिक छौं विगतको भन्दा प्रगति भएको छ भन्ने गरेको छ । कुनकुन क्षेत्रमा कसरी सुधार गरेर अगाडि बढ्ने भनेर संसदलाई जानकारी दिएको छैन । यो धेरै गम्भिर विषय छ ।

त्यसैले समितिमा अर्थतन्त्रीलाई बोलाएर मुलुकको अर्थतन्त्रको अवस्था के हो । आर्थिक मन्दीमा गएको अवस्थामा माथि उठाउनको लागि सरकारले के गर्दैैछ भनेर छलफल गर्न आवश्यक रहेको छ । नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमत्तोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम गरियो । देशलाई लुट्ने यस्ता खालका खेलहरु कहाँबाट हुन्छन् । नयाँ साझेदार ल्याउने कुरा भएकोमा नयाँ एक्सचेन्ज ल्याउने तयारी भयो । यो विषयमा के भएको हो तत्काल समितिले छानबिन गर्नुपर्छ ।’

उहाँले नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमतोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम भइरहेको विषयमा अर्थ समितिले छानबिन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अघिल्लो अर्थसमितिले नयाँ साझेदार ल्याउन सुझाव दिएपनि अहिले नयाँ एक्सचेन्ज ल्याउने तयारी कसरी भयो भन्ने विषयमा तत्काल समितिले छानबिन गर्नुपर्ने बताउनु भयो ।