१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ
अ अ+ अ-

जनकपुरधाम । चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले त्यस्तै काकाकूल छ ।

जब वर्षायाम सुरु हुन्छ, तब अरु खहरेजस्तै यो खोला पनि चुपचाप रहन्न् । त्यसपछि यहाँ पानीसँगै आँसु पनि बग्छन् । हरेक वर्षातमा आसपासका बस्तीको उठिबास, जनधनको क्षति, सयौँ बिघा जमिन कटान र डुबानलगायतका घटनाहरु सुनिन्छन् ।

“अहिले सुनसान रहेको यो खोला यस्तै रहन्न, बर्सातमा यसले राक्षसी रुप देखाउँछ र बस्ती उठिबास लाउँछ”, गाउँपालिका–३ भरतपुरका राजेन्द्र दासले भन्नुभयो, “बाढीले हरेक वर्ष विपद् निम्त्याउँछ, धनजनको क्षति, खेतीयोग्य जमिन कटान र डुबान हुन्छ । पानी मात्रै होइन हरेक बर्सातमा हाम्रा आँसु बग्छन् ।”

चारखोलाको वरिपरि श्रीरामपुर, भरतपुर र जुडी गरी तीन बस्ती छन् । यी तीनै बस्तीमा करिब एक हजार तीन सय परिवारको बसोबास छ । आजभन्दा १५र२० वर्षपहिले खोला पूर्वी भागतिर बगिरहेको थियो । अहिले धार परिवर्तन गरी यिनै गाउँ अर्थात् पश्चिमतर्फ फर्किएको छ भने खोला सोझिएको भँगालोको मुखैमा श्रीरामपुर र भरतपुर छ ।

“दशरपन्ध्र वर्षमा ५० बिघाभन्दा बढी नम्बरी जग्गा बगर बनेको छ । पहिले त खेती मात्रै बगायो, अहिले त बस्तीसमेत डुबानमा परिरहेको छ । तत्काल केही नगर्ने हो भने यी बस्तीहरु नै सखाप हुनेछन्”, उहाँले गुनासो गर्नुभयो ।

अहिले चुरेबाट आएको गेग्र्यानले चारखोला खेती र वस्ती रहेको जमिनभन्दा पनि उचोँ छ । दुई फिटभन्दा बढी पानी आएमा दायरा नाघ्ने अवस्था छ । स्थानीय मोतिलाल दासले खोलाको स्वरुप हेर्दा वर्षायाम नलाग्दै निन्द्रा लाग्न छोडिसकेको बताउनुभयो ।

“तीन बस्तीको पाँच सय बिघा जमिन र गाउँतिर पानी जाने अवस्था छ छ । यो देखेर वर्षात सुरु नहुँदै निन्द्रा लाग्न छोडिसक्यो । हरेक वर्ष बालबच्चाहरुको बिचल्ली हुन्छ, झन् यो वर्ष त भयावह हुने देखिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले स्थानीय जनताले श्रमदान गरी अस्थायी तटबन्ध लगाउँदा र स्थानीय सरकार तथा अरू निकायले हरेक वर्ष केही न केही गर्दा पनि खहरे रोक्न नसकिएको दुखेसो पोख्नुभयो ।

नागेश्वर दासले दशकौँदेखि स्थानीयको आग्रहअनुसार १०र२० लाखको काम भइरहे पनि त्यसले बर्षातको पहिलो धक्का पनि थेग्न नसकेको बताउनुभयो । “खोलामा रहेको पुलको केही माथि राजदेवी मन्दिर रहेको स्थानमा पानीको उकासा हुन्छ । त्यहाँबाट तीव्र गतिमा आएको पानी तीन बस्ती हुँदै सबैलासम्म पुग्छ”, उहाँले भन्नुभयो, “यो समस्या प्रत्येक चुनावमा नेताका अजेन्डा बन्छन् तर काम भने हुँदैन ।”

नगरपालिकाले चालु आर्थिक वर्षमा रु एक करोडभन्दा बढी खर्चेर तारजाली ढुङ्गा लगाएको छ तर यसले पनि धेरै राहत दिन सकेको छैन । “उत्तम विकल्प भनेको नदीलाई डोर्‍याएर बीच भागमा लिनु नै हो तर यसमा कसैको ध्यान गएको छैन”, नागेश्वरले गुनासो गर्नुभयो ।

भरतपुरतर्फ सोझिँदै गरेको खोलाको मुखैमा सानो जग्गा देखाउँदै स्थानीय भरत साहले दुई वर्षअघि परिवारको २७ कट्ठा जमिन खोलाले खाएको पीडा सुनाउनुभयो । “चारनाथको कटानले एकै रातमा एकरडेढ बिघा सखाप गर्छ । दुई वर्षअघि मात्रै मेरो दाइको २२ कट्ठा र मेरो पाँच कट्ठा जमिन कटान गर्‍यो । यो बगरमा भरतपुर, उम्राटोल, लवपुरीमा बस्नेतहरुको पनि जग्गा छ”, साहले भन्नुभयो ।

वडा नं ३ का अध्यक्ष उद्गार यादवले ठूलो क्षति सन्निकट रहेकाले खेत र बस्तीभन्दा अग्लो रहेको नदी बीचको भाग हटाएर चारपाँच मिटर गहिरो बनाउनुपर्ने बताउनुभयो । नगर उपप्रमुख तुलसाकुमारी पाण्डेले स्थानीयको मागअनुसार अग्लो भएको खोलालाई गहिरो बनाएर बीचबाट डोर्‍याउन सकेमा मात्रै समस्याको दीर्घकालीन समाधान हुने भएकाले आफूहरु त्यसका लागि छलफलमा रहेको बताउनुभयो ।

“जिल्ला समन्वय समिति, जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख तथा प्रतिनिधिले पटकपटक यहाँको स्थलगत निरीक्षण गर्नुभएको छ”, पाण्डेले भन्नुभयो, “उहाँहरुसँगको छलफलले निष्कर्ष पाएमा वर्षा लाग्नुअघि नै खोलालाई बीचबाट बगाउने गरी नगरपालिकाकाले काम गर्छ । हामी अनुमतिको पर्खाइमा छाँै ।”

नगरप्रमुख जितनारायण यादवले पनि खोला श्रीरामपुर, भरतपुर, जुडीतर्फ सोझिएकाले यसलाई बीच भागबाट बग्ने स्थिति नबनाएमा तीन गाउँसहित रघुनाथपुर, सबैलालगायत ठाउँको ठूलो भूभागमा क्षति पुग्नेतर्फ सचेत रहँदै रोकथामको उपाय खोज्न जरुरी रहेको बताउनुभयो ।

उहाँले  राजमार्गमा भएको पुलको १५ पिल्लरमध्ये पश्चिमतर्फका सबै पिल्लर ‘ब्लक’ भएर चार पिल्लरबाट मात्रै पानी बगिरहेकाले त्यसलाई बीचबाट खोल्ने र पानीको बाटो बनाउने विषयमा छलफल चलिरहेको बताउनुभयो ।

“हाम्रो दायित्व जोखिम अवस्थामा रहेका बस्तीहरुलाई जोगाउने हो । भरतपुरतर्फ रु एक करोडको लागतमा बाँध निर्माण भइरहेको छ र श्रीरामपुरका लागि रु २५ लाख छुट्याएका छौँ तर नदीको अग्लो भाग होचो नबनाएमा यो लगानी पनि बालुवामा पानी हालेजस्तै हुनेवाला छ”, नगरप्रमुख यादले भन्नुभयो, “त्यसैले जिल्ला समन्वय समिति र सरोकारवाला निकायबाट खोला बीचमा डोर्‍याउने अनुमतिको पर्खाइमा छाँै । बर्खायाम सुरु हुनुभन्दा पहिले नै यो काम गर्ने हाम्रो योजना छ ।”

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले तीनपटक स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिइसकेकाले अब समस्याको निकास दिने विषयमा अन्तिम निर्णय गरिने बताउनुभयो । उहाँले यसपालि नदी सोझ्याउने काम नगरिएमा बस्ती, खेतीयोग्य जमिन तसहनहस हुनाका साथै ‘लाइफलाइन’का रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको चारखोलामाथिको पुल भासिएर बन्द हुने जोखिम बताउनुभयो ।

“जोखिमको आङ्कलन त गरिसकेका छौँ । भयावह अवस्था आउन नदिन के गर्ने भन्ने विषयमा तीनपटक अनुगमन र पटक–पटक छलफल भइसकेको छ । अब नदीलाई सोझ्याउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअसँग छलफल भइरहेको छ । विपद् आउनुभन्दा पहिले नै निकास दिनुपर्ने हाम्रो दायित्व हो । त्यसतर्फ हामी केन्द्रित भएका छौँ ।”

स्थानीय जयराजकिशोर दासले लाखौँ रकममा टेन्डर लाग्ने खोलाको आम्दानीले नै खोला व्यवस्थापन गरी मानवीय बस्तीलाई जोगाउन सकिने भएकाले समयमै निर्णय गर्न आग्रह गर्नुभयो ।

“खोलाको बालुवा जति महत्वपूर्ण छ, त्योभन्दा लाखौँ गुणा महत्वपूर्ण मानव बस्ती छन् । खोलामा यो भयो र त्यो भएन भनेर ठेक्काका कुरा मात्रै सुनिन्छन् तर हामी नागरिकलाई कसरी बचाउने भन्ने विषयमा गम्भीरतापूर्वक बहस भएको छैन” उहाँले भन्नुभयो । उहाँले खोलालाई दोहन गर्दै आम्दानीतर्फ नहेरी मानव बस्तीलाई केन्द्रमा राखी वर्षा सुरु हुनु अगावै ठोस निर्णय गरी कार्यान्वयन गर्न माग गर्नुभयो । रासस