१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ: सांसद डा. वाग्ले

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ: सांसद डा. वाग्ले
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताउनुभएको हो ।

उहाँले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताउनु भयो।

उहाँले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताउनु भयो । उहाँले अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनु भयो। उहाँले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनु भयो। उहाँले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । कल्याणकारी राज्यलाई धान्न सकिने छ । त्यसरी युवा उद्योगीहरुले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो ।

निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। सरल सिद्धान्तबाट हामी जानुपर्छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो । त्यसमा हामीले लिएर जान्छौं । हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं । हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन । सन् २०५० एजेट सासाइटीमा जान्छौं । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ । छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ ।

कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो । भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ । १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ । विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं । राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन ।’

उहाँले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताउनु भयो ।