२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति सञ्चालनका लागि आचारसंहीता बनाएर अघि बढ्नुपर्छ – सांसद थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहीता बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहीता बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभएको हो । उहाँले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताउनु भयो । उहाँले समितिको विष्यावस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहीतामा राख्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्युले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो । सामान्यतया २४ घण्टाको समय पनि नराखिकन । सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरु यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय यो भन्दा अघि हामीले बैठकमा नै सहभागी हुँदैनौँ भन्नुपरेको थियो ।

आकस्मिक समय बाहेक अरु अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रश्ताव गरोस् । विधेयक बाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ । समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौँ, जे बोल्न पनि पाउँछौँ, भन्नेगरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रश्तुत हुने भनेर आचारसंहीता बनाउनुपर्छ ।’

सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिनुभयो ।