२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: प्लेअफमा स्थान पक्का गर्न मुम्बई र लखनउ भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) को ६३ औं खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स भिड्दैछन्। लखनउको भारत रत्न श्री अटल बिहारी बाजपेयी एकना क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यससिजनमा १२ बाह्र खेलमध्ये ६मा जित र ५ मा हार बेहोरेको लखनउ १३ अंको साथ अंक तालिकाको चौथो स्थानमा छ। आफ्नो अन्तिम खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो ।

यता, मुम्बई इन्डियन्स १२ खेलमध्ये ७ मा जित र ५ मा हारसहित १४ अंको साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आफ्नो अन्तिम खेलमा मुम्बईले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको थियो । उक्त खेलमा सूर्यकुमार यादवको असाधारण प्रदर्शनले आईपीएलमा आफ्नो पहिलो शतक प्रहार गरे । सूर्यकुमार ४९ बलमा १०३ रन बनाएर अविजित रहेका थिए।

दुबै टोलि आजको खेल जितेर प्लेअफको लागि आफ्नो स्थान पक्का गर्न चाहन्छन् । गुजरात टाइटन्स सोमबारको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ ११

मार्कस स्टोइनिस, वाईएस ठाकुर, काइल मेयर्स, केएच पाण्ड्या (कप्तान), पीएन मांकड, निकोलस पूरन, क्यू डी कक (विकेटकिपर), आवेश खान, रवि बिश्नोई, ए मिश्र, युधवीर सिंह ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ ११

रोहित शर्मा (कप्तान), एसए यादव, टिम डेभिड, विष्णु विनोद, सी ग्रीन, पियुष चावला, एन वाधेरा, इशान किशन (विकेटकीपर), जेपी बेहरेनडोर्फ, के कार्तिकेय, सीजे जोर्डन ।