१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा चक्कु प्रहार गर्ने चार पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सिन्धुली । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरुका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामत गरिएको छ ।

अर्का आरोपित तिनपाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।

उनीहरुले वैशाख ३१ थाक्लेडाँडाको जङ्गलमा ढुङ्ग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । लोकबहादुरसँग चकमके जाने क्रममा ढुङ्गा जस्तो देखिने चम्किलो वस्तुको विषयमा बिबाद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उहाँले जानकारी दिनुभयो ।उनको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको रु ३० हजार र एक थान मोबाइलसमेत लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडौँ लगिएको छ । रासस