२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मञ्जु खाँणलाई पार्टीले फलो गरेको छैन: कांग्रेस प्रवक्ता महत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पार्टी फलो नगरेको बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन, दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।”

उक्त प्रकरणमा बालकृष्ण पक्राउ परेपछि उहाँकी पत्नी मञ्जु प्रतिनिधिसभा बैठकमा देखिनुभएको छैन भने पति बालकृष्ण खाँणलाई भेट्न गएको पनि देखिएको छैन ।

डा महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको जानकारी दिनुभयो । “पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन”, उहाँले भन्नुभयो ।

यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै प्रवक्ता डा महतले भन्नुभयो, “आरजुजीले आफैँ प्रतिरक्षा गरिरहनु भएको छ ।