२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनि संसद पाँच महिनापछि क्रियाशिल



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूले औपचारिक रूपमा काम सुरु गरेको करिब पाँच महिनापछि संसदीय समितिहरूले काम थालेका छन् । मङ्गलबार सभाका १० वटै विषयगत समितिको बैठक आह्वान गरिएको छ ।

सबै समिति ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छन् । निर्वाचनपछि पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै कार्यकाल सुरु भएको थियो । तर विषयगत समिति गठनमा ढिलाइ हुँदा मिनी संसद् मानिने समिति क्रियाशिल हुन सकेका थिएनन् ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले मङ्गलबार सबै समितिको बैठक एकैसाथ आह्वान गरिएको बताउनुभयो । गिरीले भन्नुभयो, ‘सबै समितिको बैठक एकैसाथ सुरु हुँदैछन् । बिहान ९ बजे बैठक बोलाइएको छ ।’ अधिकांश समितिले पहिलो बैठकको एजेन्डा, परिचयात्मक कार्यव्रmम, समितिको अधिका क्षेत्रलगायतलाई बनाएका छन् ।

पहिलो बैठक बसेपछि समितिहरूले आन्तरिक समझदारी अनुसार सभापति चयनलगायतका प्रव्रिmयासमेत अघि बढाउने छन् । सोमबार राजनीतिक तहमा सहमित भए अनुसार सार्वजनिक लेखासहित थप एक समिति प्रमुख विपक्षी दल एमालेलाई दिइने छ । संयुक्त समितिमा कांग्रेस र एमालेले एक–एकमा नेतृत्व गर्ने छन् ।

संसदीय सुनुवाइ कांग्रेस र राज्यका नीति निर्देशक सिद्धान्त समिति एमालेले नेतृत्व गर्ने छ । अन्य आठ विषयगत समितिमा वर्तमान सत्ता गठबन्धनले नेतृत्व गर्ने छ । तर सभापति भागबन्डा औपचारिक रूपमा टुङ्गो लागेको छैन । प्रतिनिधि सभा नियमावली संशोधनपछि राजनीतिक विवादका कारण विषयगत समिति गठनमा ढिलाइ भएको थियो । प्रमुख दलका शीर्ष नेताबीच समिति नेतृत्वलगायतका विषयमा सहमति

भएपछि वैशाख १५ गते विषयगत समिति बनेका थिए । पहिलो अधिवेशनको अन्तिम बैठकले समिति गठन गरेको थियो । चैत २६ गतेको सहमति अनुसारको प्रव्रिmया अघि बढ्न नसकेपछि नामावली दिन नै दुई सातासम्म लागेको थियो । समिति बने पनि विवाद यथावत् रहँदा सोमबार पुनः शीर्ष नेतास्तरमा समितिका कामलाई तत्काल अघि बढाउने समझदारी भएको थियो । सभामुख देवराज घिमिरेले यसअघि कार्य व्यवस्था परामर्श समितिमा समेत सबै समितिको काम एकै पटक सुरु गर्ने गरी दलहरूसँग परामर्श लिनुभएको थियो । परामर्शपछि सबै समितिको एकै पटक बैठक बोलाइएको हो ।

विषयगत समिति गठन नहुँदा विधायिकी कार्य ठप्प छ । समिति गठनसँगै विधेयकहरूमाथिको दफावार छलफलको प्रव्रिmया अघि बढ्ने छ । अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार र भ्रष्टाचार निवारणसँग सम्बन्धित दुई महìवपूर्ण विधेयक विचाराधीन छन् । यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि केही नेपाल ऐन संशोधन विधेयक विचाराधीन छ ।-यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै