काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले महानगरपालीका कार्यालयमा कुनै भ्रष्टाचार भए सिधै आफूलाई सुचना दिन आग्रह गर्नुभएको छ ।
सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै साहले काठमाडौ महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित सम्पर्क गर्न आग्रह गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ-
हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
हामी लाई ९८६३५९२०११ मा व्हाट्सएप मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।