१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शरणार्थी प्रकरणको शुरुवात बालकृष्ण खाँणको नेतृत्वमा भएको हो – महासचिव पोखरेल

शरणार्थी प्रकरणको शुरुवात बालकृष्ण खाँणको नेतृत्वमा भएको हो – महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरणको शुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाउनुभएको छ ।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको शुरुवात भएको उहाँको जिकिर थियो । पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरेपनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सो अपराधमा संलग्नहरु भ्रष्टाचार बिरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । महासचिव पोखरेलले उहाँले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौति समेत दिनुभयो । मुलुकमा भएको ठूलाठूला भ्रष्टाचारको काण्डहरुलाई छानबिन गर्न एमाले तयार भएपनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उहाँको दाबी थियो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज भूटानीका नाममा नेपाली नागरिकहरुलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ । यो ठगीको सन्दर्भको बारेमा, वास्तवमा यो ठगी काण्ड मात्रै होइन । राष्ट्रमाथिको घात हो । राष्ट्रको स्वाधिनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । नेपाल राष्ट्र स्वयं आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ । त्यो राष्ट्रका लागि लज्जाको विषय हो भन्ने कुरालाई हामी स्पष्ट गर्न चाहन्छौं । तर म तपाईहरुको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, संकेत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ । त्यसप्रति तपाईहामी सबै सचेत हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।

नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकि रहेका भूटानी शरणार्थीहरुको सन्दर्भमा, उनीहरुको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदल भित्र नयाँ कुनै व्यक्तिलाई भूटानीका रुपका प्रमाणिकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने द्रुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाँची गरिकन नयाँ व्यक्तिहरुको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको शुरुवात भयो भन्ने कुरा स्पष्ट छ । त्यो कुन समयमा भयो भन्ने कुरा स्वभाविक रुपमा नेकपा एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकार बनिसेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए ।

उनीहरुको योजनामा एक प्रकारले भन्नुहुन्छ भने भूटानी शरणार्थीको व्यवस्थापनका सन्दर्भमा गरिएको कार्यदलको रिपोर्ट भित्र नयाँ नामहरु समावेश गर्ने, जुन कृतिम धन्दा गरियो । त्यही भित्र नेपाली नागरिकहरुलाई ठग्ने धन्दा शुरु भएको थियो भन्ने कुरा बाहिर आईसकेपछि अनेकन ढंगले तथ्यलाई लुकाउने जुन प्रकारको प्रयास भएको छ । त्यसप्रति हामी खबरदारी गर्न चाहन्छौं । वास्तवमा यो अपराधमा जोजो संलग्न छन् । उनीहरुमाथि कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने नेकपा एमालेको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । आज उनीहरुको स्वर ठूलो छ । जो नेपालमा भ्रष्टाचारका लागि कुख्यात छन् । उनीहरु आज भ्रष्टाचार बिरोधी अभियानको नेताजस्तो बन्न खोजिरहेका छन । म तपाईहरुको बीचका के भन्न चाहन्छु त भन्दाखेरी कुनै एउटा घटनाका सन्दर्भका बारेमा भईरहेको छानविनलाई राजनीतिकरण गर्ने काम नगरौं ।

साँच्चै यो मुलुकमा सुशासनतर्फ अगाडि बढने हो भने सबै स्क्यान्डलहरुका बारेमा चर्चामा रहेका विषयहरुको सन्दर्भमा सत्यतथ्य खोजि गर्नका लागि आँट गरौं । के अहिलेको सरकार शिविर घोटालाको छानबिन गर्न तयार छ ? के अहिलेको सरकार अर्थ मन्त्रालयको नेतृत्वमा भएको नीतिगत विचलनको माध्यामबाट राष्ट्रलाई टाट पल्टाउने जुन अपराध भएको छ । त्यसको छानबिन गर्नका लागि तयार छ ? वा राष्ट्रका सम्पतीहरुलाई हिनामिना गर्नका लागि विगतमा गरिएका जग्गा, जमिनको अपचलनका क्रियाकलापहरुका बारेमा छानबिन गर्नका लागि तयार छ ? नेकपा एमाले सबै प्रकारका घटनाहरुको छानबिन गर्नका लागि तयार रहेको कुरा म तपाईहरुको माध्यामबाट जानकारी गराउन चाहन्छु ।’

महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहो¥याउनु भयो । उहाँले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरुलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गर्नुभयो ।