२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृ आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति महिला सङ्घको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।

महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस कार्यको भत्र्सना गरेको छ । नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरुमा आफ्ना भनाइ राखिरहनुभएको अवस्थामा उहाँको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उहाँप्रतिको अन्याय हो भनिएको छ ।

उहाँका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको भन्दै सो विज्ञप्तिमा भनिएको छ, “यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरुमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरु तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।”

सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । रासस




भर्खरै