२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

मनहरी । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताउनुभयो । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उहाँले बताउनुभयो । रासस