३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने– एमाले सांसद गैरे

शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने– एमाले सांसद गैरे
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ ।

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङगर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उहाँको आक्रोश थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गर्नु भयो । उहाँले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न समेत गर्नु भयो ।

सांसद गैरेले भन्नु भयो, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । र, २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङपनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन ।

म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु । र, भन्न चाहन्छु–यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ । यति प्रगति भएको छ । हामी यो गर्दैछौं भनेर भन्न के कारणले समस्या भईरहेको छ ? आज देशव्यापी रुपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आजटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने विश्वास छैन । अस्ती २८, २९ र ३० गते बसेको नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले संस्थागत रुपमा यसमा निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न माग समेत गरेको छ ।

यस सन्दर्भमा म आजको यस बैठकमा यस विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्छ । अनि, मात्रै सदनको काम अघि बढनुपर्छ भन्ने कुरा म माग गर्न चाहन्छु । ध्यानाकर्षण गराउन चाहन्छु । र, यो जघन्य अपराधको निष्पक्ष छानविन होस् । दोषीलाई कारबाही होस् । र, अन्य जनप्रतिनिधिको नाममा, पार्टीको नेताको नाममा वा अरु कुनै पनि व्यक्तिको नाममा गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई निरुत्साहित गर्न, दण्डनीय बनाउन यो संसद दृढतापूर्वक उपस्थिति हुनु पर्दछ । र, सरकारले तदनुरुपको काम गर्नु पर्दछ भन्ने कुराको म ध्यानाकर्षण गराउन चाहन्छु । र, सभामुखज्यूलाई त्यो अनुसारको रुलिङ गर्न माग गर्दछु ।’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।